+
+

३० भदौदेखि भुटान एयरलाइन्सले पुनः काठमाडौं उडान सुरू गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १८:३४

१९ भदौ, काठमाडौं । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्सले ३० भदौदेखि काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ ।

उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले यस्तो जानकारी दिएको हो । नेपालमा साताको चार उडान हुने भएको छ ।

आइतबार, सोमबार, बुधबार, र शनिबार गरी साप्ताहिक रुपमा चार उडान हुने कम्पनीले जनाएको छ । पारो–काठमाडौं–दिल्ली रुटमा दुईतर्फी उडान हुँदैछ ।

निर्धारित फ्लाइटहरु पुनः सुचारु गरेसँगै भुटान एयरलाइन्सले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंका उडानहरु पुनः सुरु हुने भएको कम्पनीको भनाइ छ ।

‘थन्डर ड्रागनको भूमि’ भनेर चिनिने भुटानले पर्यटन प्रवर्द्धन गर्ने र नेपाल भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिवद्धता अनुरुप सन् २०१३ देखि भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौं उडानको सुरुवात गरेको थियो ।

भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले जस्तो सुकै चुनौतीपूर्ण समयमा पनि अब उडानहरु नियमित राखिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?