+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गोरखामा खोलामा करेन्ट लगाएर माछा मार्ने बिरुद्ध मुद्धा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १९:४१

१९ भदौ, गोरखा । गोरखा नगरपालिका–१० स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको छेवेटार बस्ने १८ बर्षिय सन्जय तामाङ र २८ बर्षिया रजित तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलवार बिहान करिव सभा नौ बजेको समयमा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । ‘करेन्ट लगाएर माछा मारिरहेको छन् भन्ने गोप्य सूचना पाएपछि छेवेटारबाट हाम्रो प्रहरी टोली त्यहाँ पुग्यो,’ प्रहरी निरिक्षक शेखर खड्काले भने, ‘करेन्ट लगाउनु हुदैन भनेर सम्झाई बुझाई गर्दा उल्टै प्रहरीलाई धाकधम्की दिएपछि पक्राउ गरेर ल्याएका हौ ।’

उनीहरुको साथबाट माछा मार्न प्रयोग भएको एक÷एक थान ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग भएको जाल बरामद गरिएको उनले जानकारी दिए । सार्वजनिक बिरुद्धको कसुर शिर्षकमा मुद्धा दर्ता गरी उनीहरुमाथि आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी निरिक्षक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?