
२० भदौ, काठमाडौं । नेपाल हवाई नियन्त्रक संघको अध्यक्षमा विपिन बज्राचार्य विजयी भएका छन् । उनले प्रतिस्पर्धी मुरारीप्रसाद पौडेललाई पराजित गरे ।
मंगलबार राजधानीमा सम्पन्न निर्वाचनमा कुल ३२४ मत खसेकोमा बज्राचार्यले १९३ मत पाउँदा पौडेलले १२८ प्राप्त गरे । प्रोफेसनल उपाध्यक्षमा २२६ मतसहित अरुण भुसाल विजय भए । उनले परवेज आलम सिद्दिकीलाई हराए ।
टेक्निकल उपाध्यक्षमा १७५ मतससहित दिपक ओझा विजयी भए । महासचिवमा विजय कुमार श्रेष्ठले कैलाश कुमार शर्मालाई हराए ।
कोषाध्यक्षमा गौरब देउजा विजयी भए । सदस्यहरुमा उज्ज्वल तिवारी, नारायण श्रेष्ठ, लिला प्रसाद श्रेष्ठ, सागर भट्ट र सुस्मिता रावत विजयी भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4