+
+

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन् : परराष्ट्रमन्त्री साउद

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते ११:५८

२१ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् ।

भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने बताउँदै उनले भने, ‘अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले भने, ‘अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी छ । ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जान्सक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने भनेका छौँ । अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’

प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने छन् ।

भ्रमणका लागि सबै मन्त्रालयका सचिव, पूर्वपरराष्ट्र मन्त्री र राजदूतहरुलाई बोलाएर भ्रमणका एजेण्डाबारे आफूले र परराष्ट्र सचिवले छलफल तथा तयारी गरिरहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

उनले विभिन्न समझदारी पत्र र सम्झौताका ड्राफ्ट तयार भरहेको जानकारी दिँदै उनले भने, ‘अहिले पनि एजेन्डाको तयारी भैरहेकाले घोषणाका विषय सार्वजनिक गर्न हतार हुन्छ । निश्चित समयमा हामी गर्ने नै छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?