+
+

भेनिस रेडकार्पेटमा सहभागी हुन इटाली उडे सौगात र विपिन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १३:४०

काठमाडौं । भेनिस फिल्म फेस्टिभलमा सहभागी हुन अभिनेता सौगात मल्ल र विपिन कार्की बिहीबार इटालीतर्फ प्रस्थान गरेका छन् । कतार एयरवेजको विमानबाट उनीहरु बिहान २ बजे त्यसतर्फ उडेका हुन् ।

नेपाली समयअनुसार शुक्रबार बेलुका ६ बजे भेनिसमा फेस्टिभलमा ‘रेड सुट्केस’ फिल्मको वर्ल्ड प्रिमियर आयोजना हुँदैछ । भेनिस रेडकार्पेटमा सौगात र विपिनसहित अभिनेत्री सृष्टि श्रेष्ठ पनि सहभागी हुँदैछिन् । लण्डनमा रहेकी सृष्टि शुक्रबार बिहान इटाली पुग्ने कार्यक्रम छ ।

निर्माता रामकृष्ण पोखरेल इटाली पुगिसकेका छन् भने निर्देशक फिडेल देवकोटा जर्मनीबाट त्यता जाँदैछन् । विपिन र सौगातसँग छायांकन सुसन प्रजापति पनि उडेका छन् । विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभल बुधबारदेखि सुरु भएको छ । फेस्टिभलको होराइजन्स विधामा छनोट भएको ‘रेड सुटकेस’लाई लिएर उत्साह समेत छ ।

रेडकार्पेटमा नेपाली कलाकारले उपस्थिति जनाउने र मिडियासँग अन्तरक्रिया गर्ने कार्यक्रम तय छ । निर्माता पोखरेलले फेस्टिभलपछि यसै वर्ष फिल्मलाई हलमा रिलिज गर्न आफूहरु उत्साहित रहेको बताए । निर्माण कम्पनी आइसफलले ‘रेड सुटकेस’पछि यस वर्ष ‘गुराँस’ पनि रिलिज गर्दैछ ।

‘गुराँस’ यस वर्षको बुसान फिल्म फेस्टिभलमा छनोट भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?