+
+

स्थानीय तहका कर्मचारीले भोलि कालोपट्टी बाँधेर काम गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १८:१५

२१ भदौ, काठमाडौं । दुई दर्जनभन्दा स्थानीय तहका कर्मचारीहरुले भोलि बिहीबार मनाइने निजामती सेवा दिवस नमनाउने घोषणा गरेका छन् । संघीय निजामती ऐनलाई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीले भोलिका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकासमा पर्याप्त ध्यान नपुर्याई संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा न्यायोचित हुनुपर्ने भन्दै धेरै स्थानीय तहका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाउने घोषणा गरेका छन् । उनीहरुले सेवा समूहको आधारमा सरकारी सेवा स्थानीय तहबाट मात्रै सरकारी सेवा प्रवेशको बाटो खोल्नुपर्ने माग गरेका छन् ।

संघीय ऐनले नै अन्तरप्रदेश सरुवाको बाटो खोल्नुपर्ने, निजामती अस्पतालमा सबै कर्मचारी र उनीहरुका परिवारलाई उपचार सुविधा दिनुपर्ने, सरुवा चक्रीय प्रणालीमा व्यवस्थापन गर्नुपर्ने र स्थानीय तहका पुरानै कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत हुन पाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?