+
+

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १८:२१

काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को टिजर सार्वजनिक भएको छ । ‘पिपुल भर्सेस पावर’को कथावस्तुमा बनेको यो सोसल तथा पोलिटिकल ड्रामामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र अर्पण थापाको शीर्ष भूमिका छ ।

कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मबाट निश्चलले निर्देशनमा कमब्याक गर्न लागेका हुन् । राजनीति र नागरिकको सम्बन्ध, अपेक्षा र लडाइँबीचको यो फिल्मलाई लिएर दर्शकमाझ प्रतीक्षा छ । ‘लुट २’ पछि निर्देशक निश्चलको पुनरागमनलाई महत्वका साथ हेरिएको छ ।

फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, बाबुल गिरी र जयन वाइबाको संगीत, राजकुमार उप्रेतीको एक्सन कोरियोग्राफी र रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?