+
+

संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १८:३०

२१ भदौ, काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० पनि संघीय संसदमा पेश गर्नेनिर्णय गरेको छ ।

संघीयता कार्यान्वयनमा नै समास्या पर्ने अवस्था आइसक्दा समेत संघीय निजामती र शिक्षा ऐन आउन नसक्दा स्थानीय तह र प्रदेश सरकारले संघ सरकारको आलोचना गरिरहेका छन् । सरकारले विभिन्न स्वार्थ समूहहरुले आफू अनुकुलको व्यवस्था गर्न बढाएको दबाबकाबीच दुबै विधेयकहरु संसदमा पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले गत साउन १६ मा नै यो विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । तर, कसैले चलखेल गरेर विभिन्न व्यवस्थाहरु चलाएको दाबी गर्दै प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेका थिए ।

सरकारले संघीय निजामती सेवा ऐन भने निजामती सेवा दिवस मनाउनुभन्दा अघिल्लो दिन संसदमा पेश गर्ने निर्णय गरेर सरकारले नयाँ सन्देश दिन खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?