+
+

काठमाडौं बिजनेस क्याम्पसमा भोलि एआई र साइबर सेक्युरिटीबारे अन्तरक्रिया कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १४:३९

काठमाडौं । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटी र डाटा साइन्स । आजको प्रविधि दुनियाँका सबैभन्दा तात्तातो विषय हुन् । यिनै विषयलाई समेटर नेपाली विज्ञ र जिज्ञासु विद्यार्थीबीच जमघट हुँदैछ, काठमाडौं बिजनेस क्याम्पस (केबीसी)मा ।

काठमाडौंको वनस्थलीमा अवस्थित काठमाडौं बिजनेस क्याम्पसले ‘टेक ट्रेण्ड्स २०२३’ सिम्फोसियम आयोजना गर्ने भएको छ । यो क्याम्पस सूचना–प्रविधि एवं व्यवस्थापनका लागि कहलिएको छ ।

कलेज हाताभित्र हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा आजका जल्दोबल्दो विषयमाथि विज्ञहरुले प्रस्तुति दिने एवं अन्तरक्रिया गर्ने कार्यक्रम छ । ‘आर्टिफिसियल इन्टेलिजेन्स, डाटा साइन्स र साइबर सेक्युरिटिज विषयमा बृहत छलफल हुनेछ,’ क्याम्पसका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठले भने, ‘यहाँ सूचना–प्रविधिबारे चासो राख्ने विद्यार्थीका साथै सर्वसाधारण पनि सहभागी हुन सक्छन् ।’

‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटीः अवसर र चुनौतीहरु’ विषयमा कि–नोट स्पीकरका रुपमा माइक्रोसफ्टमा कार्यरत सोलुसन्स आर्किटेक्ट समिर थापाले प्रस्तुति दिनेछन् । यस्तै साइबर सेक्युरिटिजको विषयमा युनिभर्सिटी अफ टोरोन्टो, क्यानाडाका विज्ञ डा. डिल्ली शर्माको प्रस्तुति रहनेछ ।

‘विद्यार्थीलाई पढाइका साथै यस्ता कार्यक्रममा सहभागी र सक्रिय गराउँदा उनीहरुले विश्वमा भइरहेका सूचना प्रविधिको नयाँ प्रयोग, ट्रेन्ड र बजारलाई बुझ्न र अवलोकन गर्न सक्छन्,’ प्रिन्सिपल श्रेष्ठ भन्छन्, ‘यसैले हामीले विभिन्न चरणमा यस्ता कार्यक्रम गरिरहेका छौं ।’

बीसीए र बीबीएस अध्यापन हुने काठमाडौं बिजनेस क्याम्पसमा विद्यार्थीहरुलाई रोजगारीका अवसर सिर्जना गर्न तथा उद्यमशील बनाउन नन क्रेडिट कोर्सको रुपमा थुप्रै सूचना प्रविधिमा आधारित पाठ्यक्रम सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?