+
+

स्थानीय तहको सञ्चित कोषको ६० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते ११:५५

२४ भदौ, काठमाडौं । सरकारले स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत निक्षेपमा गणना गर्न दिने भएको छ ।

गत शुक्रबार नै अर्थमन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरेको मन्त्रालयन स्रोतले जनाएको छ । आजदेखि स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गर्ने तयारी गरेको हो ।

असार मसानतमा स्थानीय तहको सञ्चितको कोषमा करिब एक खर्ब १० अर्ब रहेको थियो । जसको ६० प्रतिशत करिब ६६ अर्ब हुन्छ । यस आधारमा वाणिज्य बैंकहरुमा ६० अर्ब भन्दा बढीले निक्षेप बढ्न जान्छ ।

अर्थ मन्त्रालयले उक्त सुविधा प्रदान गर्दा पर्ने प्रभाव समीक्षा र अध्ययन गरी सुझाव दिन समिति गठन गरेको छ । समितिमा अर्थ मन्त्रालयका सहसचिव, महालेखा कार्यालयका सह महालेखा नियन्त्रक र नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहने छन् ।

यसअघि असार मसान्तसम्म स्थानीय तह सञ्चित कोषको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्ने व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?