
काठमाडौं । दिवाकर भट्टराईको आगामी फिल्म ‘मायावी’को शीर्षमध्येको एक भूमिकामा अभिनेता सुशील सिटौला जोडिएका छन् । पल शाह र दीपिका प्रसाईंपछि सुशीलालाई फिल्ममा अनुबन्धित गरिएको हो ।
अघिल्ला फिल्म होस्टेल रिटर्न्स, गाजाबाजा, रणवीर, जुलेबी र ऐंचोपैंचोबाट उनले प्रशंसा बटुलेका छन् । ती फिल्ममा उनको अभिनयको प्रशंसा समीक्षकले गरेका छन् ।
निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसरमा बुधबार फिल्म निर्माणको घोषणा गरेका थिए । अर्कोतर्फ पलले यो फिल्ममार्फत दुई वर्षपछि फिल्ममा कमब्याक गर्दैछन् । दीपिकाले यसअघि दिवाकरसँग ‘ऐश्वर्य’मा सहकार्य गरेकी थिइन् । यो फिल्मपछि उनीहरु विवाह पनि गरे ।
क्रिएटिभ सिने आर्ट्सले निर्माण गर्न लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही समयपछि जानकारी दिने निर्माताले जनाएका छन् । एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको छायांकन हुनेछ । फिल्मको छायांकन असोज २ गतेदेखि सुरु हुने जनाइएको छ ।
पोखराको परिवेशमा फिल्म छायांकन हुन लागेको जनाइएको छ । निर्देशक भट्टराईले यसअघि ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ फिल्मलाई निर्देशन गरेका छन् ।
प्रतिक्रिया 4