+
+
Shares

ब्रोकर कमिसन घटाउने बोर्डको तयारी, मार्जिन कारोबार गर्न पाउनु पर्ने ब्रोकरको माग

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १८:४७

२४ भदौ काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरको कमिसन घटाउने तयारी गरेको छ । ब्रोकर कमिसन घटाउन बोर्डले सेयर ब्रोकर तथा सेयर लगानीकर्ता लगायत स्टेक होल्डरसँग छलफल गरिरहेको छ ।

सेयर ब्रोकर र लगानीकर्तासँग सेयर कारोबार गर्दा लाग्ने शुल्क समायोजन कसरी गर्न सकिन्छ भनेर छलफल भएको बोर्ड अध्यक्ष हमालले बताए ।

बोर्डले सेयर ब्रोकरको कमिसन घटाउन तयारी गरेपछि सेयर ब्रोकर कम्पनीहरुले भने व्यवसायको अन्य क्षेत्रहरु खुला गर्नुपर्ने शर्त राखेका छन् ।

गत शुक्रबार बोर्डमा भएको छलफलमा सेयर ब्रोकरहरुले फार्टफोलियो म्यानेजमेन्ट सेयर ब्रोकरलाई दिनुपर्ने माग राखेका थिए ।

‘१० करोड पूँजी भएको मर्चेन्ट बैंकरले पोर्टफोलियो म्यानेजमेन्ट गर्न पाउने न्यूनतम २० करोड पूँजी भएको सेयर ब्रोकरले पनि उक्त सुविधा पाउनुपर्छ भन्ने ब्रोकार माग थियो,’ छलफलमा सहभागी एक ब्रोकरले भने, ‘ठूलो पूँजी छ कमिसन घटाउँदा व्यवसाय गर्न गाह्रो हुन्छ । कमिसन घटाउने भए मार्जिन ट्रेडिङ, पोर्टफोलियो म्यानेजमेन्ट लगायतका सुविधा थप गर्नुपर्छ भन्ने माग राखेका थियौं ।’

सीमित कारोबार गर्न स्वीकृति पाएका बोकरले मार्जिन कारोबार गर्न नपाउने व्यस्था छ ।

अध्यक्ष हमाल पनि ब्रोकर कमिसन घटाउने भए अन्य केही व्यवसाय थप गर्नुपर्ने भन्ने प्रस्ताव रहेको बताउँछन् । जुन कुरा स्वभाविक पनि हो ।

छलफलमा नेप्सेको सञ्चालक समितिबाट पारित भएर स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाएको धितोपत्र व्यवसायी सुपरिवेक्षण विनियमावलीमा संशोधन गर्नुपर्ने माग पनि सेयर ब्रोकरले राखेका थिए ।

उनीहरुले सेयर ब्रोकरका एकाघर परिवारले सेयर कारोबार गर्दा नेप्सेलाई पूर्व सूचना दिनुपर्ने, १५ दिनेसम्म सेयर ब्रोकर निलम्बन गर्ने जस्ता व्यवस्था अव्यवहारिक भएको भन्दै संशोधन गर्नुपर्ने माग गरेका थिए । त्यसमा अध्यक्ष हमालले सकारात्मक रहेको पाइएको छलफलमा सहभागी एक सेयर ब्रोकरले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?