+
+

द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकियो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते २०:१२

२४ भदौ, काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकिएको छ ।

नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना निर्माणको काम ०७९/८० को साउन मसान्तसम्म २६.१४ सकिएको आयोजना प्रमुख कमलविक्रम शाहले बताए ।

जंगीअड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहले भने, ‘द्रुतमार्गलाइृ ११ वटा क्लष्टरमा बाँडेर १३ वटा निर्माण प्याकेजहरुमध्ये १ देखि ७ नम्बर सम्मका प्याकेजहरु निर्माणाधीन अवस्थामा छन् ।’

प्रमुख शाहका अनुसार आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको छ । उनले आयोजनाको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकामा द्रुतमार्गको शुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया सुरु गर्नेगरी तयारी अवस्थामा रहेको पनि जानकारी दिए ।

उनले हालसम्म निर्माणाधीन तीन वटा सुरुङ्गमार्गको जम्मा लम्बाई ६.४१५ किलोमिटरमध्ये २.६६७ किलोमिटर सुरुङ्ग निर्माण कार्य सम्पन्न भएको समेत बताए । प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाई ७०.९७७ किलोमिटर रहेको छ ।

बाराको निजगढीदेखि काठमाडौं जोड्ने द्रुतमार्ग १४ जेठ २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए । त्यसबेला २०८० साउन ३० गतेसम्म आयोजना निर्माण सक्ने गरी नेपाली सेनालाई व्यवस्थापनको जिम्मा दिइएपनि विभिन्न कारणले अहिले यो अवधि २०८३ को चैत मसान्तसम्म सारिएको छ ।

आयोजनाको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड छ । त्यसमध्ये ०७९/८० सम्म ४९.२३ अर्ब खर्च भएको प्रमुख शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?