+
+

एन्टाको अध्यक्षमा रंजित साह निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते ६:२६

२५ भदौ, काठमाडौं । एशोशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा)को अध्यक्षमा युवा व्यवसायी रंजित साह निर्वाचित भएका छन् ।

सिड्नीको ग्रयान्भिलमा भएको वार्षिक साधारण सभाबाट साह सर्वसम्मतिले अध्यक्ष पदमा चुनिएका हुन् ।

अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका अन्य २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि साह दुई वर्षे कार्यकालका लागि निर्वाचित भए ।

साहको कार्यसमितिमा सबै पदाधिकारी सर्वसम्मत नै चयन भएका छन् । उपाध्यक्षमा परमानन्द साह रहेका छन् भने महासचिवमा विकास झा चुनिए ।

कोषाध्यक्षमा सुरेन्द्र साह, कार्यक्रम संयोजकमा राकेश साह र सहकोषाध्यक्षमा रंजित दास सर्वसम्मत भए ।

कार्यसमिति सदस्यमा आरती साह, मोहम्मद सैफअली खान, प्रिया गुप्ता र विजयकुमार साह रहेका छन् ।

एशोशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) न्युसाउथ वेल्स राज्यमा दर्ता भएको मधेशी समुदायको पहिलो र सबैभन्दा पुरानो संस्था हो ।

नव-निर्वाचित अध्यक्ष साहको अष्ट्रेलियाको प्राय: सबै राज्यमा व्यवसाय छ । साह क्लिनिङ, कन्स्ट्रक्सन, रेष्टुरेन्ट र हाउजिङ व्यवसायी हुन् ।

एन्टाको नवनिर्वाचित पदाधिकारी टिम ।
साधारणसभामा एन्टा पदाधिकारी र सदस्यहरू ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?