+
+

योजना आयोगका उपाध्यक्ष र यूएनएफपीए नेपाल प्रतिनिधिबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १५:११

२५ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो ।

नेपाल प्रतिनिधि होङले राष्ट्रि योजना आयोगले बनाइरहेको १६ औं योजनाको विषयमा चासो राखेकी थिइन । साथै यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा यूएनएफपीएको सहयोग रहने बताइन् ।

उपाध्यक्ष श्रेष्ठले यूएनएफपीएले हालसम्म पुर्‍याउँदै आएको सहयोगको लागि धन्यबाद दिंदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।

होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी हुन् । अन्तरराष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ दक्षिण कोरियाली नागरिक हुन् ।

नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उनी मलावीका यूएनएफपीए प्रतिनिधि र त्यसअघि मोजाम्बिकमा डेपुटी प्रतिनिधि थिइन् ।

नोट: यसअघिको समाचारमा यूएनएफपीए हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । सम्प. 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?