+
+

बीपीको दुर्लभ भाषण इजरायली राजदूतले राष्ट्रपतिलाई बुझाए

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १९:२१

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको एक दुर्लभ भाषण इजरायलले नेपाललाई बुझाएको छ । सोमबार इजरायली राजदूत हनन गोदेर गोलडबर्गरले राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायल र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १९४८ मा राज्यका रुपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिंगो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए ।

सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा इन्टरनेश्लन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्सको प्रमुख अतिथिको हैसियतमा बीपी कोइरालाले गरेको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।

राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बीपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएका बेला हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताएका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्तावेज उपहार उपलब्ध गराएकामा धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?