+
+
Shares

बीपीले शेरबहादुरजीलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ नै हाम्रो नेता : शशांक कोइराला

कोइरालाले भने, ‘नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन । यसको मुख्य उद्देश्य यही हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरेको बताएका छन् ।
  • कोइरालाले कांग्रेस एकजुट भएमा कसैले पनि पराजित गर्न नसक्ने बताउँदै आफूहरूको नेता शेरबहादुर देउवा नै भएको उल्लेख गरे ।
  • उनले बीपी कोइरालाले देउवालाई पश्चिमको राजकुमार भनेको स्मरण गर्दै पुराना व्यक्तिगत प्रसङ्गहरू पनि खुलाए ।

२९ साउन, काठमाडौं । नेपाली कांग्रेस इतर पक्षका नेता शशांक कोइरालाले पार्टी एकजुट बनाउनका लागि राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो भेलाको आयोजना गर्नुपर्‍यो ? किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो,’ कोइरालाले भने, ‘नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन । यसको मुख्य उद्देश्य यही हो ।’

उनले बुवा बीपी कोइरालाले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्ने गरेको स्मरण पनि गरे ।

‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो । उहाँ पहिलोचोटी बनारस आउँदा शेरबहादुरजीलाई घुमाइदे शशांक भन्नुभयो,’ उनले भने, ‘त्यो दिन मैले के गर्ने त भन्दा शेरबहादुरजीले सिनेमा हेर्ने भन्नुभयो । त्यो दिन हामीले तीन वटा सिनेमा हेर्‍यौं ।’

उनले आफूहरूको नेता पनि शेरबहादुर देउवा नै भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?