+
+

आफैंले असईको फुली लगाएपछि नगर प्रहरीका ४२ हवल्दार निलम्बित

अमृत चिमरिया अमृत चिमरिया
२०८० भदौ २७ गते २०:०४

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले असईको फुली लगाएपछि नगर प्रहरीका ४२ जना हवल्दार निलम्बनमा परेका छन् । २५ असारमा महानगरपालिकाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो ।

ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएपछि महानगरपालिकाले कारबाहीस्वरुप निलम्बन गरेको हो । महानगरपालिकाका अनुसार उनीहरु बढुवा भएर असई भएका थिएनन् । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भने, ‘आज जसजसले अनुशासनको उलंघन गर्नुभयोे, सबै हवल्दारहरु निलम्बन भइसके ।’

उनले महानगरको प्रमुख प्रशासकीय अधिकृतले मात्रै दज्र्यानी चिह्न वितरण गर्ने अधिकार भएकाले जथाभावी गर्न नपाउने बताए । ‘पार्टी प्यालेस, होटल, चौरमा वा अन्य ठाउँमा दज्र्यानी चिह्न जसले पायो, त्यसले बाँड्ने होइन, महानगरले आधिकारिक कार्यक्रम मात्रै गरेर बाँड्ने कुरा हो’, उनले भने ।

ती नगर प्रहरीले भने आफूहरु बढुवा भएको दुई महिना भइसक्दा पनि महानगरपालिकाले दज्र्यानी चिह्न नलगाइदिएका कारण अभिभावक मार्फत लगाएको प्रतिक्रिया दिएका छन् ।

एक हवल्दारले अनलाइनखबरसँग भने, ‘आफ्ना अभिभावकहरु मार्फत हामीले फुली लगाएका हौं । बढुवा भएपछि पनि कार्यालयले वेवस्ता गरेपछि अभिभावको हातबाट बढुवा भएपछिको पदको दज्र्यानी चिन्ह लगाएका हौं ।’

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले ती नगर प्रहरीले अनुशासनको उलंघन गरेको बताए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?