+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते ७:०६

२८ भदौ, गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका-२ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेत रहेका छन् ।\

बस्नेत जिल्ला प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिई मोटरसाइकल चढेर आफू कार्यरत प्रहरीचौकी भागलपुरतर्फ र्फकंदै गर्दा ना ४ ख ६१८३ नम्बरको ट्रकले बस्नेतलाई ठक्कर दिएको थियो ।

ट्रकले बुधबार दिउँसो साढे एक बजे बस्नेतलाई ठक्कर दिएको थियो । उनलाई तत्काल जिल्ला अस्पताल उदयपुर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?