२८ भदौ, काठमाडौं । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुलमा आयोजना हुने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
विश्व ओलम्पियन संघको आयोजनामा इस्तानबुलमा यही सेप्टेम्बर १६ र १७ तारिखमा हुन लागेको उक्त सम्मेलनमा विश्वभरबाट १ सय ५० जना भन्दा वढी ओलम्पियनहरु सहभागी हुदैछन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दीपक विष्टलाई विदाई गरे ।
अध्यक्ष विष्टले उक्त सम्मेलनमा नेपाल ओलम्पियन संघले विगत २ वर्षमा गरेका गतिविधिहरु प्रस्तुत गर्नेछन् । साथै उनले एसियाली ओलम्पियनहरुको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव पेश गर्ने बताएका छन्।
विष्टले भने, ‘ओलम्पियनहरुको एसियाली सम्मेलन नेपालमा आयोजना गर्ने हाम्रो उद्देश्य छ हामीले त्यहाँ नेपालमा त्यसको आयोजनाको प्रस्ताव राख्नेछौं ।’
यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले विष्टको सहभागिताको सफलताको कामना गर्दै नेपालमा ओलम्पियनहरुको सम्मेलन प्रस्ताव पारित भएमा सक्दो सहयोग गर्ने बताए ।
प्रतिक्रिया 4