+
+

उपसचिव शाक्य भ्रष्टाचार मुद्दामा दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते ११:२४

२९ भदौ, काठमाडौं । खानेपानी विभागका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार शाक्य गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले शाक्यमाथि २ करोड ४२ लाख ६३ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको ठहर गर्दै विगो र त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो ।

विशेष अदालतका सदस्यहरु यमुना भट्टराई र खुसी प्रसाद थारुको इजलासले गत बुधबार उनीमाथि एक वर्ष कैद सजाय हुने फैसला समेत गरेको छ ।

अख्तियारले १६ असार २०७७ मा शाक्य, उनकी श्रीमती अल्का, भाञ्जी प्रभालाई प्रतिवादी बनाएको थियो । सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएका अल्का र प्रभाले भने सफाइ पाएका छन् ।

१२ करोड ३९ लाख रुपैंया सम्पत्ति जोडेका शाक्यले एक करोड ६१ लाख रुपैयाँ मात्रै वैध आर्जन गरेको भन्दै अख्तियारले १० करोड ७७ लाख रुपैयाँ विगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?