+
+
Shares

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते १९:३६

३० भदौ, काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । पुस्तकको अनुवादक विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वी रिडकी सीइओ सुनिती अमात्यले विमोचन गरे ।

अनुवादक प्रतीकले सुरुवातीदेखिकै हरेक यात्रा र संघर्षमा कमलाले सत्मार्गमा हिँडेको आफूले पाएको बताए । ‘उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने दिने खालको छ’, उनले भने ।

रंगभेद तथा बालबालिका र महिलामाथिको विभेद, अदालतमा बयानक्रममा उनीहरुको परिस्थितिबारे ह्यारिसले गरेको अनुभव आफूलाई मन परेको अनुवादक शाहले बताइन् ।  आप्रवासी आन्दोलनदेखि समलिंगी, तेस्रोलिंगी, आर्थिक व्यवस्था लगायतका विषय पनि महत्वका साथ आएको उनको भनाइ थियो ।

दुई वर्षअघि नै पुस्तकको काम थालिए पनि विविध प्राविधिक कारण ढिलाइ हुन पुगेको प्रतीकले बताए । ‘अनुवाद गर्न खासै मलाई मन लाग्दैन, तर यो अनुवादले नेपाली शब्द भण्डार बढाउन मलाई धेरै सघायो’, उनले भने, ‘वर्षौं प्रयोग भएर नेपालीकरण भइसकेका आयातित शब्दको मिठास नहराओस् भनेर कतिपय ठाउँमा तिनलाई प्रयोग गरेको छु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?