+
+

‘डंकी’लाई क्रिसमसमा ल्याउँदै शाहरुख, भन्छन्- २९ वर्षसम्म नगरेको मेहनत यतिबेला गर्दैछु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते २२:०२

काठमाडौं । आफ्नो आगामी फिल्म ‘डंकी’को प्रदर्शन स्थगित हुने चर्चाबीच अभिनेता शाहरुख खानले फिल्मको प्रदर्शन मितिबारे शनिबार मुम्बईमा कुरा गरेका छन् । पछिल्लो फिल्म ‘जवान’ फिल्मको सक्सेस पार्टीको क्रममा उनले आफ्नो फिल्म रिलिज हुने दिन ‘ईद’ हुने बताए ।

उनले आफ्नो अर्को फिल्म ‘डंकी’ यसै वर्ष क्रिसमस-नयाँ वर्षको बीचमा रिलिज हुन सक्ने बताए । फिल्मका निर्देशक राजकुमार हिरानी हुन् ।

अहिले फिल्मको रिलिज २०२४ मा हुने जनाइएको छ । केही दिन पहिला प्राइम भिडियोमा पठानको स्ट्रिमिङ सुरु भएको थियो । अहिले रिलिज भएको ‘जवान’ वर्षको अन्त्यसम्म ओटीटी प्लेटफर्ममा रिलिज हुनसक्ने अनुमान गरिएको छ । जसले गर्दा फिल्ममेकर ‘डंकी’का लागि नयाँ प्रदर्शन मितिको तयारीमा जुटेका थिए ।

‘मेरो फिल्म रिलिज हुने दिन ईद हो’

शाहरुखले २६ जनवरीमा पठानको रिलिजबाट वर्षको सुरुवात गरेको बताएका छन् । ‘यो मेरो लागि धेरै शुभ दिन थियो । त्यसपछि जवानलाई जन्माष्टमी अर्थात् भगवान् कृष्णको जन्मदिनको अवसरमा रिलिज गरिएको हो । अब नयाँ वर्ष आउन लागेको छ । त्यसपछि डंकी ल्याउँछौं । मैले देशको एकताको मुद्दालाई ध्यानमा राखेको छु । जे होस्, मेरो फिल्म रिलिज भएको दिन ईद हो’ उनले भने ।

‘भविष्यमा पनि यस्तै काम गर्छु’

शाहरुखले थप भने, ‘मैले विगत २९ वर्षमा गरेको भन्दा यस वर्ष धेरै मेहनत गरिरहेको छु । र म यसरी नै कडा परिश्रम गरिरहनेछु किनकि जब म मेरो फिल्मपछि मानिसलाई खुशी देख्छु, म उनीहरू भन्दा पनि खुशी महसुस गर्छु । म आफूलाई धेरै भाग्यमानी ठान्छु किनभने मैले धेरै समय काम गर्न पाएको थिइँन ।’

‘३ वर्षपछि सेटमा काम गर्दा नर्भस भएँ’

शाहरुखले भने, ‘सुरुमा म अलि नर्भस थिएँ र सेटमा फर्किन मलाई समय लाग्यो तर मैले सबै कुरा सकरात्मकताका साथ व्यवहार गरें । मैले करिब ३ वर्षको लामो अन्तरालपछि सेटमा काम गरेँ र यो अनुभूति एकदमै नयाँ थियो । मलाई यस पटक धेरै फरक महसुस भयो । पठान हुँदा भगवानले मलाई धेरै साथ दिनुभयो र त्यसपछि ‘जवान’ हुँदा पनि धेरै साथ दिनुभयो भन्ने मलाई लाग्छ ।

शाहरुखको हालै रिलिज भएको फिल्म ‘जवान’ले विश्वब्यापी बक्स अफिसमा करिब ७ सय करोड भारु कमाएको छ । योसँगै तापसी पन्नु शाहरुख खानसँग ‘डंकी’मा मुख्य भूमिकामा देखिनेछिन् । मिडिया रिपोर्टका अनुसार फिल्ममा विक्की कौशल पनि केमियो रोलमा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?