 
																			३१ भदौ, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले प्रिमियममा प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ अर्ब बराबरको ३ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग्दै २६ भदौमा निवेदन दिएको हो ।
कम्पनीले १०० रुपैयाँ प्रतिकित्ता अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी २०८ रुपैयाँ प्रतिकित्तामा आईपीओ जारी गर्ने भएको हो । कम्पनीले आईपीओ मार्फत ६ अर्ब २४ करोड रुपैयाँ स्रोत संकलन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एमएमबि क्यापीटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस्तै २७ भदौमा सान्भी इनर्जी लिमिटेडले पनि आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति मागेको हो।
कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4