+
+

टिपटप समोसा पसललाई महानगरले तिरायो २ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १३:३७

१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

बजार अनुगमनको क्रममा काठमाडौं महानगर-१७ मा रहेको सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ ।

पसलले उत्पादन गर्ने दूधबरी बिग्रिएको पाइएकोले अनुगमन टोलीका प्रमुख डा. अवधेशकुमार झाले जानकारी दिए ।

पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारी बोलीबचनमा सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश दिएको उनले बताए ।

दूधबरी निर्माण भएकै लटमा बनेको सबै परिकार बजारबाट फिर्ता ल्याएर नष्ट गर्न पसलका सञ्चालक दिपकराज थपलियालाई निर्देशन दिने काम भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?