+
+

नाडा अटो शोमा टाटाका ५०० भन्दा धेरै टियागो ईभी बुकिङ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १४:०७

१ असोज, काठमाडौं । ‘नाडा अटो शो’मा टाटा मोर्टसका ५ सय भन्दा धेरै टियागो ईभी कार बुकिङ गर्न सफल भएको नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जनाएको छ ।

२६ भदौदेखि ३१ भदौसम्म भृकुटीमण्डपमा सञ्चालति १५ औं संस्करणको नाडा अटो शोमा टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पञ्च प्रदर्शन गरिएको थियो । कम्पनीले टियागो ईभीको सुरुवाती मूल्य २१.९९ लाख रूपैयाँ तोकेको छ ।

टाटा नेक्सन टियागो ईभी एक्स जेड प्लस र टाटा पञ्चको बुकिङ पनि उल्लेखनीय रहेको कम्पनीले बताएको छ ।

सिप्रदीका प्यासेन्जर भेहीकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले टाटा मोटर्सका गाडीहरुप्रति ग्राहकहरूले राखेको चासोबाट आफूहरू उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?