+
+

विपन्न नागरिकलाई दाहसंस्कार खर्च दिंदै धनगढी उपमहानगर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १७:०४

३ असोज, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई आफन्तको मृत्युपछि गरिने दाहसंस्कार खर्च दिन सुरु गरेको छ ।

आफन्तको मृत्युपछि गरिने दाहसंस्कारका लागि विपन्न पीडित परिवारलाई ५ हजार रुपैयाँ खर्च दिन सुरू गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

बुधबार धनगढी उपमहानगरपालिका-७ का स्थानीय ७६ वर्षीय छङ्‍गा रानाको अन्तिम संस्कारका लागि मेयर गोपाल हमालले नगर प्रहरीमार्फत ५ हजार रुपैयाँ रानाको परिवारलाई उपलब्ध गराएका छन् ।

दाहसंस्कार वापत उपमहानगरपालिकाले पहिलो पटक आर्थिक सहयोग घोषणा गरेको हो । दाहसंस्कार अगाडि नै १८१०५००००९० टोल फ्री नम्बरमा फोन गरेर सहयोग मागे उपलब्ध गराउने हमालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?