+
+

जारा कम्पनीको कपडाले मच्चायो तहल्का, पहिरन हो कि पेटी ?

एजेन्सी एजेन्सी
२०८० असोज ४ गते ७:५७

आफ्नो ट्रेन्डी तथा स्टाइलिस कपडाहरुका लागि फेसनप्रेमीहरुका बीचमा लोकप्रिय जारा ब्राण्ड अहिले चर्चामा छ ।

जारा ब्राण्डको एउटा अनौठो खालको पहिरन इन्टरनेटमा भाइरल बनेसँगै कम्पनी चर्चामा आएको हो । त्यो पहिरन देख्दा कपडाको कुनै साधारण टुक्रा वा कम्मरमा बाँध्ने पेटी जस्तै देखिन्छ । यसमा जाराको ट्याग छ ।

यो कपडालाई लिएर इन्टरनेट प्रयोगकर्ता बीचमा उत्सुकता र बहस दुवै चलेको छ । फेसनप्रेमीहरु यो पहिरनलाई देखेर कपाल कन्याइरहेका छन् र प्रश्न गरिरहेका छन्, आखिर यस्तो कपडा जीउमा कहाँ लगाउने ?

एकजना इन्स्टाग्राम प्रयोगकर्ताले सुरुमा जाराको यो अनौठो पोसाकको भिडियो पोस्ट गरेकी थिइन् । त्यसपछि नै यो भाइरल बनेको हो ।

भिडियोमा कपडाका टुक्राहरु उटा डेनिम बेल्टजस्तै देखिन्छन् । तर दुई वा तीनवटा पेटीहरु एउटै बटनमा आएर बन्द छन् । त्यसैले यसको डिजाइनले नै मानिसहरुलाई अचम्मित पारेको छ ।

कतिपयले यो अण्डरवेयर पो हो कि भन्ने लख समेत काटेका छन् । केहीले भने कपडाको नाममा यसलाई खरिद गर्नु पैसाको बर्बादी मात्रै रहेको भनेका छन् ।

जाराको आधिकारिक वेबसाइटमा भने यसलाई कुनै अण्डरवेयर वा अन्य पहिरनको रुपमै नभइ एउटा बेल्टको रुपमा सूचीकृत गरिएको छ ।

Sash belt with buckles नामक यो प्रडक्टको मूल्य युरोपमा करीब २३ युरो रहेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?