+
+

१० लाख नाघे स्वस्तिमाका इन्स्टाग्राम फलोअर्स

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १४:५२

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्कालाई इन्स्टाग्राममा पछ्याउनको संख्या १० लाख नाघेको छ । बुधबार उनलाई पछ्याउनेको संख्या त्यति पुगेको हो ।

नेपाली फिल्म अभिनेत्रीतर्फ इन्स्टाग्राममा धेरै पछ्याइने अभिनेत्रीतर्फ अदिती बुढाथोकी २.३ मिलियन (२३ लाख) पहिलो र दोस्रोमा प्रियंका कार्कीलाई १.१ मिलियन (११ लाख)ले पछ्याएका छन् ।

इन्स्टाग्रामको यो फलोअर्सले सेलिब्रेटीको लोकप्रियता र स्टारडमलाई दर्शाउँछ । फेसनमा समेत रुचि राख्ने स्वस्तिमा पछिल्लो समय विज्ञापन र फिल्ममा व्यस्त छिन् । उनी अभिनित फिल्म ‘दिमाग खराब’ कात्तिक २४ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?