+
+

वैदेशिक रोजगार ठगीमा म्यानपावर कम्पनी र व्यवसायीविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १५:०२

४ असोज, काठमाडौं । विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले विस एचआर सलुसन नामको म्यानपावर कम्पनीका सञ्चालकसहित पाँच जनाविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।

विदेश पठाइदिन्छु भनी रकम लिएका ४३ जनालाई विदेश नपठाइ ठगी गरेको आरोपमा विभागले विस एचआर सलुसन, यसका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, अमृत श्रेष्ठ, लालबहादुर श्रेष्ठ र कर्मचारी फणिन्द्र कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुसँग पीडितले तिरेको रकम र हर्जना रकमसमेत गरी ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ बिगो माग गरिएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।

म्यानपावर सञ्चालक र कर्मचारीले विदेश पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग १ लाखदेखि ४० लाख रुपैयाँसम्म ठगी गरेको विभागले जनाएको छ ।

विभागले म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गर्न र पीडितबाट लिएको रकम र उक्त रकमको ५० प्रतिशत हर्जना रकम थप गरेर फिर्ता गर्न मागदाबी गरेको छ । त्यस्तै प्रतिवादीहरुलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय पनि माग दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?