+
+

गरिबी निवारण कोषको भ्रष्टाचारमा सफाइ पाएका कर्मचारीविरुद्ध अख्तियार सर्वोच्चमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १८:२२

४ असोज, काठमाडौं । भ्रष्टाचारको आरोप लागेका गरिवी निवारण कोषका कर्मचारीलाई सफाइ दिने विशेष अदालतको फैसला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ ।

विशेष अदालतले २९ साउन २०७९ मा कोषका तत्कालिन पदाधिकारी तथा कर्मचारीविरुद्धको भ्रष्टाचार मुद्दामा ३६ जना आरोपितमध्ये १९ जनालाई सफाइ र १७ जनालाई दोषी ठहर गरेको थियो । सफाइ पाएकाहरुलाई पनि दोषी ठहर गर्नुपर्ने माग सहित अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

गरिवी निवारण र उत्थानका लागि विनियोजन गरेको रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुमाथि कुल ४ करोड ३४ लाख रुपैयाँ विगो मागदावी गरेको थियो ।

अख्तियारले उनीहरुमाथि नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोप लगाएको थियो । यातायातका साधन, दैनिक भ्रमणभत्तादेखि कार्यक्रम सञ्चालनका नाममा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको उनीमाथि आरोप थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?