+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मनोनित केन्द्रीय सदस्यको मापदण्डबारे  कांग्रेस बैठकमा उठ्यो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १८:३९

४ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मनोनित केन्द्रीय सदस्यको मापदण्ड माथि प्रश्न उठेको छ ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेकाहरुप्रति प्रश्न उठाएका हुन् । पार्टीको आन्तरिक चुनावमा तल्लो तहमा पराजितलाई केन्द्रीय सदस्य बनाइएको प्रति उनले आपत्ति जनाएका हुन् ।

‘कुन मापदण्ड र प्रक्रियाले केन्द्रीय सदस्य बनाउनु भएको मलाई थाहा भएन । जे पनि गर्दा पार्टीलाई राम्रो हुँदैन,’ शर्माले भने, ‘हामीसँग चुनाव लडेका मान्छेलाई सभापतिले फटाफट ल्याइदिनुभयो ।’

तल्लो तहमा चुनावमा पराजित हुँदा समेत माथिल्लो संरचनामा जान सकेपछि भोलिका दिनमा प्रतिस्पर्धाको महत्व नहुने उनले बताए ।

सभापति देउवाले बिहीबार मात्रै ८ जनालाई मनोनित गरेका थिए । दुई दिन अघि बसेको शेखर–गगन पक्षको बैठकमा पनि मनोनित केन्द्रीय सदस्य मापदण्ड विपरीत बनाइएको आवाज उठेको थियो ।

यसअघि देउवाले मनोनित गरेका केन्द्रीय सदस्यमा केही पार्टीको आन्तरिक संरचनामा तल्लो तहमा पराजित भएका उनीहरुको दाबी छ ।

संस्थापनइतरबाट प्रदेश सभापति जितेका शर्माले केन्द्रले प्रदेश कार्यसमितिको भूमिकालाई नजरअन्दाज गरेको गुनासो राखे । प्रदेश कार्यसमितिलाई जिम्मेवारीबाट मुक्त राख्ने भए संरचना खारेज गर्न उनले चेतावनी दिए । ‘प्रदेशलाई राख्ने हो भने काम गर्ने वातावरण दिनुस् । विधान त बलियो बनाएर राख्नुस्,’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?