+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

संविधान अनुसार अधिकार प्रत्यायोजन नगर्ने भए संघीयता हटाइदिऔं : जीवन शाही

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १३:५५

५ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाहीले संघीयता कार्यान्वयनका लागि संविधान अनुसार अधिकार प्रत्योजन हुने गरी कानुन बन्नुपर्ने बताएका छन्  ।

शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘संघीयताको विषयमा पार्टीको धारणा के हो ?’ प्रदेशका सभापति, पूर्वमुख्यमन्त्री र वर्तमान मुख्यमन्त्रीहरु समेतले यो विषयमा निरन्तर ध्यानाकर्षण गर्दै आएको स्मरण गर्दै उनले प्रश्न गरे ।

नेता शाहीले संविधान कार्यान्वयन गर्न त्यस अनुसारको कानुन बनाउन आवश्यक रहेकोमा जोड दिए ।

‘यदि संघीयता हाम्रो पार्टीलाई नै मन परेको छैन भने यसलाई हटाइदिऔं । बिना कामको त्यसै मन्त्री भनेको छ, मुख्यमन्त्री भनेको छ’ उनी अगाडि भन्छन्, ‘होइन भने कानुनमा संविधानले दिएको अधिकार प्राप्त गर्न हामी अगाडि बढ्नुपर्छ ।’

प्रदेश सरकारले आफ्नो भवनसमेत बनाउन सक्ने कानुनी आधार नरहेको उल्लेख गर्दै उनले अधिकार नदिएर संघीयता भनिरहन नहुने बताए । संघीयता भन्न त्यस अनुसार अधिकार प्रत्योजित गर्दै कानुन बनाउनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?