+
+

विद्यार्थीको पठन-पाठन ठप्प हुनु अस्वाभाविक : लोसपा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १४:४८

५ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय शिक्षक महासंघको आयोजनामा जारी शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति निकालेर दुवै पक्षलाई गम्भीर भएर सहमतिमा पुग्न आग्रह गरेका छन् ।

‘शिक्षक संगठनद्वारा अघि सारिएका मागहरुप्रति गम्भीर भई नेपाल सरकार यथाशीघ्र औपचारिक वार्ताद्वारा दुवै पक्षले संघीयताको मर्मलाई आत्मसात् गर्दै सहमतिमा पुगेर निकास दिनुपर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । शिक्षकहरु आन्दोलनमा होमिएपछि सामुदायिक विद्यालयमा पठन/पाठन ठप्प भएको छ ।

लोसपाले यथाशीघ्र पठन/पाठन सुचारु हुने वातावरणका लागि आन्दोलनरत पक्ष र सरकार दुवै पक्षलाई आग्रह गरेको छ ।

‘विद्यार्थीको अध्ययन/अध्यापन पूर्णत: लामो समय सम्म ठप्प हुनु अस्वाभाविक हो । तसर्थ सबै पक्ष गम्भीर भई यथाशीघ्र पठन/पाठन सुचारु गर्न आवश्यक रहेको छ’ विज्ञप्ति मार्फत लोसपा अध्यक्ष ठाकुरले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?