+
+
सरकार र शिक्षक सहमति :

स्थानीय तहलाई दिइएको कारबाहीको अधिकार पुनरावलोकन गर्ने

नुनुता राई नुनुता राई
२०८० असोज ५ गते २३:००

५ असोज, काठमाडौं । शिक्षकहरुले पठनपाठन रोकेर काठमाडौंमा तीन दिन प्रदर्शन गरेपछि सरकार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक संशोधन गर्न सहमत भएको छ । ६ बुँदे सहमतिसँगै नेपाल शिक्षक महासंघले आन्दोलन फिर्ता भएको छ ।

महासंघको आह्वानमा शिक्षकहरुले १७ बुँदे माग राख्दै बिहीबारदेखि काठमाडौंमा प्रदर्शन थालेका थिए । शिक्षकहरु आन्दोलनमा आएपछि अधिकांश सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको थियो । शिक्षा मन्त्रालयसँग मात्र वार्तामा बस्न अस्वीकार गरेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा सम्वाद सुरु भएको थियो ।

बिहीबार अनौपचारिक छलफल गरेको सरकार र महासंघबीच शुक्रबार भने लिखित सहमति भएको छ ।

शिक्षकहरुले चर्को विरोध गरेको कारबाहीको अधिकार स्थानीय तहलाई दिने व्यवस्था पुनरावलोकन गर्ने सहमति भएको छ । शिक्षकहरुले यो अधिकार प्रदेशलाई दिनुपर्ने माग गरेका थिए, सरकारले भने संसदीय प्रकृयाबाट सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ ।

शिक्षक महासंघकी उपाध्यक्ष नानुमाया पराजुली भन्छिन्, ‘धेरै जसो मुद्दा पुरा भएको छ । बाँकी भनेको स्थानीय तहलाई कारबाहीको अधिकार थियो । हामीले प्रदेश सरकारमा लैजाने भनेका थियौं, सहमतिमा संसदमा पुनरावलोकन गर्ने भनेका छौं ।’

के–के भयो सहमति ?

सरकार र शिक्षक महासंघबीच भएको ६ बुँदे सहमतिमा संसदमा दर्ता भएको विद्यालय शिक्षक विधेयक, यसको नियमावलीमा समावेश गर्ने विषयहरुमा सहमति जुटेको छ ।

विधेयकको प्रस्तावित व्यवस्था सरकार र महासंघबीच भएको सहमति
शिक्षकको बढुवा हुन १५ वर्ष पुरा हुनुपर्ने शिक्षकको दश/दश वर्षमा आवधिक बढुवा हुने व्यवस्था गर्ने
माध्यामिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनको लागि  प्रथम श्रेणीमा १५ वर्ष काम काम गरेको हुनुपर्ने माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनको लागि न्यूनतम पाँच वर्ष सेवा कायम गर्ने

 

२०७५।१२।४ पछि नियुक्त हुने शिक्षकहरूका लागि योगदानमा आधारित निवृतभरण लागू हुने योगदानमा आधारित निवृतभरण लागू हुने मिति निजामती कर्मचारीलाइ भए सरह लागू हुने । अपुग हुने अवधि अस्थायी सेवाबाट गणना हुने ।
शिक्षकलाई विभागीय कारबाहीको अधिकार स्थानीय तहमा हुने शिक्षक तथा कर्मचारीसम्बन्धी विभागीय कारबाही र सजाय सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने
स्थानीय तहभित्रका शिक्षक सरूवा स्थानीय तहले गर्नसक्ने स्थानीय तहभित्रका शिक्षक तथा प्रधानाध्यापकको सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको सहमतिमा गर्ने ।
शिक्षकको सेवा प्रवेशको अधिकतम अवधि पुरुषको ३५ वर्ष र महिलाको ४० हुने शिक्षकको सेवा प्रवेशको अधिकतम अवधि ४० वर्ष कायम गर्ने
राहत तथा अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारमा ५० प्रतिशत कार्यरत र खुला प्रतियोगिताको आधारमा पदपूर्ति गरिने, एक पटकको लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने ।

 

यसबाहेक सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्ने, शिक्षा नियमावलीअनुसार पाइरहेको उपचार खर्चसम्बन्धी व्यवस्थालाई विधेयकमा समेट्ने पनि सहमति भएको छ ।

यस्तै संसदमा दर्ता भएको विधेयकमा भएका कतिपय व्यवस्थालाई त्यहाबाट हटाएर नियमावलीमा राख्ने सहमति भएको छ । विधेयकमा कार्यसम्पादन मूल्यांकनको अधिकार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको थियो, अहिले शिक्षकको हकमा प्रधानाध्याक र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिका संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने सहमति भएको छ ।

सहमतिपत्र हेर्नुस् 

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?