+

क्यानको महिला सदस्य जयन्ती भट्ट निर्विरोध

२०८० असोज  ६ गते १३:२२ २०८० असोज ६ गते १३:२२
क्यानको महिला सदस्य जयन्ती भट्ट निर्विरोध

६ असोज, काठमाडौं ।नेपाल क्रिकेट संघ(क्यान)को महिला सदस्यमा जयन्ती देवी भट्ट दोहोरिएकी छिन् ।

उनी चार वर्षअघि पनि क्यानमा महिला सदस्यको रुपमा निर्वाचित भएकी थिइन् ।

दार्चुलाकी भट्टले महिला सदस्यमा दोहोरिएपछि महिला खेलाडीको हकहितका लागि काम गर्ने बताएकी छन् ।

‘म अब हाम्रा महिला खेलाडीको हकहितका लागि कुरा उठाउने छु ।महिला खेलाडीको तलब, करार कोटा लयागतका कुरामा म ध्यान दिनेछु,’ उनले अनलाइनखबरसँग भनिन् ।

उनले अब आउँदो साधरणसभामा महिलाको ३३ प्रतिशत उपस्थितिका लागि प्रयास गर्ने बताइन् ।

भट्टसँगै केन्द्रीय कार्यसमितिमा ६ जना सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का, लुम्बिनी प्रदेशमा प्रदीप मझगैया र कर्णाली प्रदेशमा श्रीधर केसी निर्विरोध भएका छन् ।

क्यान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय