+
+

वेस्टर्न युनियन मनी ट्रान्सफरको ‘दशैंमा १० गुणा’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १८:२३

काठमाडौं । नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘दशैंमा दश गुणा’ योजना सार्वजनिक गरेको छ ।

चाडपर्वलाई उत्सवको रूपमा मनाउन ग्राहकको खुशीका लागि यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरहरु मध्ये कुनैबाट आफ्नो रेमिट्यान्स प्राप्त गर्नुपर्नेछ ।

अभियान अवधिका प्रत्येक कारोबारहरु स्वतः रुपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । यो योजना देशभर ८ असोजदेखि सुरु भएर १० मंसिर २०८० सम्म लागू हुनेछ ।

यस योजना अन्तर्गत ८ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले २५ हजार रूपैयाँसम्मको कारोबारमा दुई गुणा र सो भन्दा बढीको कारोबारमा २५ हजार पुरस्कार पाउनेछन् ।

यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाख रूपैयाँसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने ५० हजार भन्दा कम कारोबारमा निश्चित पुरस्कार ५ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

यदि विजेताको कारोबार रकम १ लाख रुपैयाँभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?