+
+

गुरुकुलमा ‘मुनामदन’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १९:४०

७ असोज, विराटनगर । विराटनगरको शुशीला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मुना मदनको मञ्चन सुरु भएको छ ।

विराट आदर्श साहित्य मञ्चले ४ असोजबाट मञ्चन सुरु गरेको हो । हरेक दिन तीन वटा शो मञ्चन भइरहेको निर्देशक कटवाल दीपकले जानकारी दिए ।

नाटकमा मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले अभिनय गरेका छन् । यसअघि यो नाटक काठमाडौ, पोखरा र विराटचोकमा मञ्चन भइसकेको छ ।

दर्शकले नाटक मन पराएपछि विराटनगरमा पुन: मञ्चन सुरु गरिएको निर्देशक कटवाल दीपकले बताए । नाटक १६ असोजसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?