+

आईभीएफबारे ७ भ्रम र तथ्य

२०८० असोज  ८ गते १६:४८ २०८० असोज ८ गते १६:४८
आईभीएफबारे ७ भ्रम र तथ्य

प्राकृतिक तरिकाबाट सन्तान जन्माउन नसक्ने दम्पतीका लागि चिकित्सा विज्ञानले विकास गरेको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधि वरदान नै हो । यस प्रविधिबाट धेरै दम्पतीले सन्तान सुख प्राप्त गरेका छन् ।

तर आईभीएफसँग सम्बन्धित केही भ्रम समाजमा व्याप्त छन् । धेरैमा रहेका सात भ्रमलाई भारतस्थित बिर्ला फर्टिलिटी र आईभीएफ कन्सल्टेन्ट डा. स्वाती मिश्राले चिर्ने कोसिस गरेकी छन् ।

भ्रम १ :भीएफबाट धेरै बच्चाहरू जन्मिन्छन्

थ्य : अन्तर्र्राष्ट्रिय अभ्यासअनुसार आईभीएफमा बहुगर्भधारणको सम्भावना २० प्रतिशत हुन्छ । आईभीएफ गरेको पहिलो पटक नै गर्भवती नभएमा यस्तो जटिलता बढ्ने गर्छ । महिलाको उमेर बढी भएमा वा आईभीएफ बारम्बार फेल भइरहेको अवस्थामा एक भन्दा बढी भ्रूण स्थानान्तरण गरिन्छ । यसरी स्थानान्तरण भ्रूण सबै गर्भमा बसेको अवस्थामा धेरै बच्चा जन्मिन सक्ने सम्भावना हुन्छ ।

भ्रम २ :भीएफले क्यान्सर हुने जोखिम हुन्छ

तथ्य : कुनै पनि अध्ययन वा चिकित्सा अनुसन्धानमा क्यान्सर र आईभीएफबीच कुनै सम्बन्ध स्थापित देखिंदैन । पुरुष वा महिलाले क्यान्सरको कुनै जोखिम बिना आईभीएफ अर्थात् प्रजनन् उपचारमा गर्न सक्छन् । यस प्रक्रियामा गर्भमा रहेको बच्चालाई क्यान्सरको खतरा हुन्छ, न त बच्चा हुर्किसकेपछि पनि क्यान्सरको खतरा रहन्छ ।

भ्रम ३ :भीएफ एक पीडादायी प्रक्रिया हो

तथ्य : प्राकृतिक रुपमा भन्दा आईभीएफमा दुखाइ, पीडा र समस्या आउने गर्छ । सुरुका केही दिनसम्म महिलाले हार्मोन सुई दैनिक लिनुपर्ने भएकाले दुखाइ हुन सक्छ तर अहिले औषधिको विकास भएसँगै यो सहज भएको छ ।

भ्रम ४ :भीएफ प्रक्रियाबाट जन्मेका बच्चामा जन्मदोषको जोखिम हुन्छ

तथ्य : आईभीएफ प्रक्रियाले जन्मदोषको जोखिम बढाउँदैन । यसको विपरीत यसले भ्रूणको पूर्व प्रत्यारोपण आनुवंशिक परीक्षणलाई उच्च जोखिमको केसमा जन्मजात दोष वा क्रोमोजोमका दोषहरू अस्वीकार गर्छ । यसमा महिलाको उमेर ३५ वर्ष नाघेको वा पुरुष ५० वर्ष नाघेको वा आनुवंशिक विकारको पारिवारिक इतिहास रहेको अवस्थामा समावेश हुन्छ ।

भ्रुण ५ : पहिलो आभीएफ असफल भयो भने भविष्यका सबै सम्भावना सकिन्छन्

तथ्य : दम्पतीको पहिलो आईभीएफ कुनै कारणले असफल हुँदैमा भविष्यमा महिला गर्भवती हुन सक्दिनन् भन्ने हुँदैन । बरु यस्तो किन भयो भनेर बुझेर परीक्षण गरेर भविष्यमा आईभीएफ सफल बनाउन उपचार गर्न सकिन्छ । त्यस्तै धेरै महिला छन्, जसले चारदेखि पाँच पटक आईभीएफपछि मात्र गर्भधारण गरेका उदाहरण छन् । यसका लागि लेजर असिस्टेड ह्याचिङ वा प्लेटलेट रिच प्लाज्मा पाठेघरमा राखी एन्टीअक्सिडेन्टले भरिपूर्ण सन्तुलित आहार दिइन्छ ।

भ्रण ६ :भीएफले गर्भावस्थामा धेरै जटिलता निम्त्याउँछ

तथ्य : महिलाका लागि गर्भधारणको उत्तम उमेर ३३ वर्षभन्दा कम हो । ३७ वर्षको उमेरपछि यो कम हुँदै जान्छ । गर्भावस्थामा आमा र बच्चा दुवैलाई जोखिम बढ्छ । तर आईभीएफको प्रक्रियामा उमेरका कारण हुने जटिलता खासै आउँदैन । तर बाँझोपनबाट पीडित बिरामीले सही समयमा उपचार गरेर आईभीएफ अपनाउन सके गर्भवती हुने सम्भावना उच्च हुन्छ ।

भ्रूण:भीएफले बाझोपनको समस्यालाई पूर्ण रूपमा समाधान गर्न सक्छ

तथ्य : यो सत्य होइन । ३५ वर्षमुनिका दम्पतीमा आईभीएफको सफलता दर लगभग ४० प्रतिशत हुन्छ । साथै, यसको सफलता धेरै कारणमा निर्भर हुन्छ । जस्तै महिलाको उमेर, बाँझोपनको कारण र महिलाको हार्मोन स्थिति । यसबाहेक त्यहाँ धेरै प्रकारका सहायक प्रजनन् प्रक्रिया छन्, जसमा ओभुलेसन इन्डक्सन (ओआई) औषधिहरू, इन्ट्रायूटरिन इन्सेमिनेसन (आईभीएफ) आदि समावेश छन् । यसले पनि गर्भधारण गर्न मद्दत गर्छ ।

फेमिना म्यागजिनबाट अनुदित

आईभीएफ गर्भधारण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ट्रान्सजेन्डर पुरुषका लागि महिनावारी हुनु सबैभन्दा अप्ठ्यारो अवस्था हो

ट्रान्सजेन्डर पुरुषका लागि महिनावारी हुनु सबैभन्दा अप्ठ्यारो अवस्था हो

अनुभूति : अप्रेसन थिएटरभित्र ‘भाइटीका’

अनुभूति : अप्रेसन थिएटरभित्र ‘भाइटीका’

मोटोपनको कुरामा किन महिलाहरू बढी चिन्तित हुन्छन् ?

मोटोपनको कुरामा किन महिलाहरू बढी चिन्तित हुन्छन् ?

ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ

ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ

कलिलै उमेरमा महिनावारी : शरीर परिपक्व, मानसिक रूपमा कच्चा (भिडियो)

कलिलै उमेरमा महिनावारी : शरीर परिपक्व, मानसिक रूपमा कच्चा (भिडियो)

आईभीएफ सम्बन्धी बारम्बार सोधिने प्रश्न र त्यसको उत्तर

आईभीएफ सम्बन्धी बारम्बार सोधिने प्रश्न र त्यसको उत्तर