+
+

कर्णालीमा प्यानल उम्मेदवारी दिने कँडेल पक्षधरको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते ६:३९

९ असोज, काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व लिनेगरी यमलाल कँडेल पक्षधरले प्यानल उम्मेदवारी दिने तयारी गरेका छन् ।

स्रोतका अनुसार, आइतबार साँझ कँडेलकै निवासमा भएको प्रतिनिधिहरुको भेलाले गुलाबजंग शाहलाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने सहमति भएको छ ।

प्रदेश अध्यक्षकै आकांक्षा राखिरहेका ध्रुब शाहीलाई सचिवको उम्मेदवारमा मनाएर शाहलाई अध्यक्षको उम्मेदवार बनाउने यो समूहले निर्णय गरेको छ ।

उपाध्यक्षको उम्मेदवार टेकराज पछाई, दुई उपसचिवको उम्मेदवार रवीन्द्र शर्मा र कौशिला खत्री वा दानसिंह परियार उम्मेदवार बन्नेछन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो समय असन्तुष्ट बनेका कँडेलले अलग्गै प्यानल बनाएपछि अरु आकांक्षीहरुले पनि समूहको छलफल अगाडि बढाएको ती स्रोत बताउँछन् ।

कर्णालीको अध्यक्षमा प्रदेश उपाध्यक्ष लालबहादुर महतारा, योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही र पूर्वसभामुख राजबहादुर शाहीले पनि आकांक्षा राखेका छन् । यी मध्ये शाही उम्मेदवार बन्ने लगभग पक्का देखिएकाले कँडेल पक्षधरले अलग समूह तयार पारेको बताइएको छ । कँडेलइतर पक्षलाई भने अर्का नेता गोरखबहादुर बोगटीले साथ दिएका छन् ।

तयारी पूरा

मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक हुन लागेको प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् । भोलि १० असोजमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनमा महासचिव शंकर पोखरेल र प्रदेश इन्चार्ज रहेका सचिव लेखराज भट्टले सम्बोधन गर्ने तयारी भएको छ ।

प्रदेश नेतृत्व चयन गर्न हुन लागेको यो अधिवेशनमा ६०२ जना प्रतिनिधि चयन भएका छन् । जसमध्ये ४१० पुरुष र १९२ जना महिला प्रतिनिधि चुनिएका छन् । त्यस मध्ये दलिततर्फ ७३ पुरुष र ३० महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?