+
+

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १०:०२
फाइल तस्वीर

९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आह्वान गरेको छ । बैठक बुधबार अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

महामन्त्री मुकुल ढकालले संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको रिपोर्टबारे छलफल हुनेछ ।

रास्वपाले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ६७० जनाको बाँकी जेल सजाय छुट दिने निर्णय गरेका थिए । यो निर्णयबाट जन्मकैदको सजायँ पाएका नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल लगायतले उन्मुक्ति पाएका थिए ।

यसैगरी जनताको आवाज सुन्न भन्दै १९ जिल्लामा खटिएका नेताहरुको बि्रफिङबारे पनि छलफल हुने छ । रास्वपाले ३ असोजदेखि ७ असोजसम्म १९ नेतालाई १९ जिल्लामा खटाएको थियो । रास्वपा सभापति रवि लामिछाने रोल्पा खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?