
१० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतको जम्मु–कश्मिरको पहलगाममा भएको जघन्य आतंकवादी आक्रमणको निन्दा गरेको छ ।
आतंकवादी हमलमा नेपाली नागरिक सुदीप न्यौपानको मृत्यु भएकोमा पनि रास्वपाले गहिरो दुःख व्यक्त गरेको छ ।
मंगलबार पहलगाममा पर्यटकमाथि आतंकवादीहरूले २४ पर्यटकसहित २६ जनाको गोली हानेर हत्या गरेका थिए । घटनामा थुप्रै घाइते भएका थिए ।
रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालले बुधबार एक विज्ञप्ति जारी गर्दै आतंकवादीको कायरतापूर्ण हमलाविरुद्ध छिमेकीको साथ रहेकाे जनाएका छन् ।
‘जम्मू–कश्मिरको पहलगाममा भएको जघन्य आतंकवादी हमलामा ज्यान गुमाउनेहरूका परिवार र प्रियजनहरू प्रति गहिरो शोक र हार्दिक समवेदना व्यक्त गर्दछु,’ विज्ञप्तिमार्फत रास्वपाका कार्यबाहक सभापति अर्यालले भनेका छन् । उनले विश्वव्यापी समस्याको रूपमा रहेको आतंकवादको अत्य र विश्वमा शान्ति कायम विश्वव्यापी प्रतिबद्धताको खाँचो पनि औंल्याएका छन् ।
रास्वपाले भनेको छ, ‘पीडितहरूमध्ये एक युवा नेपाली नागरिक सुदीप न्यौपानेको दुखद मृत्युले हामी गहिरो दुःखी छौं । हामी उनको परिवार र यस अर्थहीन र क्रूर हिंसात्मक कार्यबाट प्रभावित सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं । हामी सबै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौं ।’
हेर्नुहोस् रास्वपाको विज्ञप्ति :
प्रतिक्रिया 4