
९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ ।
राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी ३० असोज २०७६ मा अनुमतिपत्र प्राप्त गरेको मोहर डिजिटलको अनुमति पत्र खारेज भएको राष्ट्र बैंकले जनाएको छ ।
भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकोले भुक्तानी तथा फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ कोखण्ड (ग) को व्यवस्था बमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरेमा वा अनुमतिपत्रमा तोकिदिएका शर्त उल्लंघन गरेमा कसुर गरेको मानिने भुक्तानी तथा फर्छ्यौट ऐनको दफा ३६ को खण्ड (छ)मा उल्लेख छ ।
यस्तै ऐन अन्तर्गत बनेको विनियम, बैंकले जारी गरेको निर्देशन वा आदेश विपरीत अन्य कुनै कार्य गरेमा पनि कसुल गरेको मानिने ऐनको दफा ३६ को खण्ड (ज) मा उल्लेख छ ।
अनुपतिपत्र खारेजीसँगै उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकहरुसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा गर्न समेत राष्ट्र बैंकले अनुरोध गरेको छ ।
प्रतिक्रिया 4