+
+

बिगबोस सिजन-१७ मा को-को हुनेछन् प्रतिस्पर्धी ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १६:२५

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘बिगबोस’को १७ औं सिजन असोज २८ गतेदेखि प्रसारण हुँदैछ । बलिउड अभिनेता सलमान खानले होस्ट गर्ने यो टिभी शोलाई लिएर दर्शकमाझ उत्साह छ ।

कलर्स टेलिभिजनले टिजर सार्वजनिक गर्दै नयाँ सिजनको घोषणा गरेको छ । यस संस्करणको थिम राखिएको छ, ‘यसपटक गेम हुनेछैन, सबैको लागि बराबर हुनेछ ।’

बिगबोसको ओटीटी सिजन २ प्रसारण सकिएको केही महिनामै टेलिभिजन संस्करण आउन लागेको हो । नयाँ टिजरमा सलमानको नयाँ अवतार पनि प्रस्तुत गरिएको छ । उनको छोटो कपालको लुक्स फ्यानमाझ चर्चाको विषय बनेको छ ।

शो सुरु नहुँदै भारतीय सञ्चारमाध्यमले नयाँ सिजनमा सहभागी हुने प्रतिस्पर्धीको नाम बाहिर ल्याएका छन् । जसमा इशा माल्विया, सफाख नाज, अंकिता लोखण्डे र उनका पति विकी जैन, हर्ष बेनवाल, ऐश्वर्या शर्मा र नील भाट, सचिन मीना र सीमा हैदर, वेविका धुर्वे, सन्दीप शिखन्ड, अन्जुम फेख, अरजित तनेजा, अवेज दरबार, अन्जली अरोरा र मुनावर फारुखलाई रहेको जनाइएको छ ।

यो टिभी शो भारतमा मात्र नभएर नेपालमा समेत चर्चित छ । बिगबोस ओटीटीको सिजन २ लाई जियो सिनेमा एपमा २३ मिलियन दर्शकले हेरेको र यो विश्वमै उच्च संख्या रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?