+
+

सुजुकीको चाडपर्व लक्षित योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १८:५८

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ ।

सुजुकीको मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैं, तिहार र छठ पर्व लक्षित ‘बाँडौं खुसी चढौं सुजुकी’ योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ छुट पाउने छन् । साथै कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेञ्ज गर्दा १५ हजार रुपैयाँ र अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेञ्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् ।

साथै शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक बर्ष रोड ट्याक्स फ्री हुने समेत कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?