+
+

नेशनल लाइफको स्मार्ट मोबाइल एप सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १९:०२

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ता, ग्राहक वर्ग एवम् सर्वसाधारणलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उदेश्यले स्मार्ट मोबाइल एपको सुरुवात गरेको छ ।

कम्पनीले काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोबाइल एपको शुभारम्भ गरेकी हुन् ।

मोबाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले सुरु गरेको यस एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेख सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकोले कम्पनीको विश्वसनीयतामा अझ वृद्धि हुने बताइन् ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धत्ता अनुरुप कम्पनीले स्मार्ट मोबाइल एप लञ्च गरेको बताए ।

कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले यस एपबाट अभिकर्ताले आफ्नो लगायत संजालको व्यवसाय साथै आफ्ना बीमितहरुको बीमालेख सम्बन्धमा आवाश्यक जानकारी प्राप्त गर्न सकिने र एप मार्फत नै आफ्ना बीमितहरुलाई सम्पर्क गरी बीमालेख व्यतित हुनबाट जोगाउन सक्ने व्यवस्था रहेको बताए ।

कार्यक्रममा देशैभर रहेका प्रदेश एवम् शाखा कार्यालयका प्रमुखहरु र वरिष्ठ अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?