+
+

बेलहिया र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १०:४१

१० असोज, बुटवल । ४४औं विश्व पर्यटन दिवसमा रुपन्देहीको बेलहिया नाका र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको स्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) लुम्बिनीले बेलहिया नाकाबाट पहिलो प्रवेश गर्ने ५ जना विदेशी पर्यटकलाई स्वागत गरेको हो ।

विदेशी पर्यटकमाझ सकारात्मक सन्देश प्रवाह गर्न जापानी मूलका ५ अमेरिकी नागरिकलाई नेपाली संस्कृति अनुसार ढाका टोपी, रातो टीका र खादा लगाइदिएर स्वागत गरेको नाट्टाकी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् ।

उनले आज दिनभरि नै पर्यटन दिवस हर्ष उल्लासका साथ मनाउने तयारी गरिएको बताइन् ।

दिवसको समापन १३ गते जितगढÞीमा काठमाडौंबाट आउने साइकलयात्रीहरुलाई स्वागत गरेर गरिने पन्तले बताइन् ।

यस्तै ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा बुधबार बिहान पर्यटकलाइ स्वागत गरिएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेका हुन् ।

लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले संयुक्त रूपमा पर्यटकलाइ खादा र उपहार दिएर स्वागत गरेका हुन् ।

पर्यटकलाई स्वागत गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउँदै लुम्बिनी भ्रमणका लागि आहृवान गरे ।

उनले विश्व पर्यटन दिवसको अवसर विश्वले बुद्वजन्मस्थल लुम्बिनीलाई बौद्विष्टहरूको भ्रमण केन्द्रको थलो बनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?