+
+

अनेरास्ववियुले १७ असोजदेखि नाटक देखाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १९:०९

१० असोज, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले १७ असोजदेखि २७ गतेसम्म ‘रातो अक्षर कालो अक्षर’ नामक नाटक मञ्चन गर्ने भएको छ । शिल्पी नाटकघर बत्तिसपुतलीमा मञ्चन हुने नाटकमा शिक्षामा भइरहेको निजीकरण र शैक्षिक माफियाहरुको चलखेलको विषय समेटिएको नाटकका लेखक आर.के. रोमसले जानकारी दिए ।

नाटकमार्फत अहिलेको शिक्षा प्रणालीले सामाजिक संरचनामा पारेको प्रभाव, विश्व श्रमबजारमा विद्यार्थी बनेर विदेशिनुपर्ने युवाहरुको बाध्यता, विद्यार्थी आन्दोलन आफैभित्रको समस्या, युवाहरुको विद्रोहलाई समेटेको उनले बताए । ‘नाटकले आजको राज्यसत्ता र प्रणालीलाई बारम्बार प्रश्न गरिरहन्छ । शिक्षा क्षेत्रको अहिलेको यथार्थ देखाइएको छ’, लेखक रोमसले भने ।

शैक्षिक क्षेत्रमा भइरहेको विकृतिबारे सबैतिरबाट विरोध हुनु जरुरी रहेकाले नाटकको माध्यमबाट सचेतना फैलाउन खोजेको नाटकका परिकल्पनाकार अनेरास्ववियुका अध्यक्ष समिक बडाल बताउँछन् । ‘अनेरास्ववियुले यस नाटकलाई बल्याक बक्स भित्र हुने नाटक मात्र नभनेर आन्दोलनको फरक स्वरुपमा लिएको छ । अहिले हाम्रो शैक्षिक प्रणालीमा देखिएको यथार्थ पनि हो’, उनले भने ।

बडालका अनुसार निःशुल्क शिक्षा कागजमा मात्र सीमित राखेर शिक्षालाई निजीकरण गरेर आफ्नो झोला भर्ने विकृति विरुद्धमा नाटक तयार गरिएको छ ।

नाटकको निर्देशका दिलिप खड्का र सहनिर्देशकमा खिलकुमार राई (रियर राई) रहेका छन् । त्यस्तै नाटकमा दिपेश काफ्ले, मिलन कार्की, अनुप न्यौपाने बालकृष्ण रिजाल, योगिन राई, रेनु नाथ योगी, सञ्जीव राई, संगीता थापा, सुजैन सिलवाल, सुदीप खतिवडाले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?