+
+

जेसीज क्षेत्र ‘क’को सम्मेलन विराटनगरमा, आविष्कार केन्द्रलाई सम्मान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते २०:०२

१० असोज, विराटनगर । १९ वर्षपछि विराटनगरमा हुने नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलन असोज १२ र १३ गते विराटनगरमा हुनेछ ।

सम्मेलनको तयारी पूरा भएको विराटनगर जेसीजका अध्यक्ष अभिनाष थापाले बताए ।

नेपाल जेसीजमा १७६ शाखा छन् । चार क्षेत्रमा विभाजन गरिएको जेसीजको क्षेत्र क मा कोशी प्रदेश र मधेश प्रदेशका ४३ वटा क्लब छन् ।

१९ वर्षपछि विराटनगरमा हुन लागेकाे सम्मेलनकाे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सम्मेलनको उद्घाटन गर्ने थापाले बताए ।

शनिबार विहान शान्ति र्याली पनि आयोजना गरिने उनले बताए ।

जेसीजले थिम सेमिनार पनि गर्ने बताएको छ, जसमा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल, योगेश भट्टराई र सबिधान सभा सद्स्य डाक्टर मिनेन्द्र रिजाल सहभागि हुनेछन् ।

महावीर पुने सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई नगद ५० हजारसहित सम्मान गर्ने कार्यक्रम रहेको थापाले बताए । सम्मेलनमा कलाकार विपिन कार्की पनि सहभागि हुनेछन् ।

कार्यक्रममा एक हजार पाँच सय सहभागि हुने विराटनगर जेसिजका अध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?