
१० असोज, काठमाडौं । नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीलाई गम्भीर अवस्थामा उद्दार गरेर अस्पताल लगिएको छ ।
सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीको पेस्तोलबाट चलेको गोली लागेर उनकी पत्नी शर्मिला चौधरी गम्भीर घाइते भएकी हुन् । लगत्तै उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।
थप अनुसन्धान प्रहरी वृत्त, महाराजगञ्ज र जिल्ला प्रहरी परिसर, काठमाडौंबाट भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4